Home

श्री गणेशायः नमः
श्री गोरखकाली दर्शन विधि !

सर्वप्रथम गोरखा दरबारको पश्चिमपट्टि रहेको श्री गणेशको दर्शन गर्नु, त्यसपछि गोरखकाली मन्दिरको ढोकामा श्री भबानी कालिकाको दर्शन गर्नु र पूर्वपट्टि रहेको पण्डित पटीमा नृसिंह र राधाकृष्णको दर्शन गर्नु अनि पूर्वतर्फ लागि धुनिपाटीमा गई गुरु श्री गोरखनाथ बाबाको धुनिको दर्शन गर्नु र गुरु श्री गोरखनाथको गुफामा गई गुरु श्री गोरखनाथको सिंहासनको दर्शन सकी गुफाबाहिर आई पूर्वपट्टि रहेकी भगवती गुह्यश्वरीको प्रतिकको दर्शन गर्नु र पञ्चमुखी पशुपतिको दर्शन गर्नु । अनि पूर्वतिर ओरालो झरी चौधरा भवन अगाडि रहेकी श्री विध्या भगवतीको दर्शन गर्नु त्यसपछि हनुमान भन्ज्याङमा झरी श्री हनुमानजीको दर्शन गर्नु रनजीकै रहेकि हातमा खड्ग र पुस्तक धारण गरेकी श्री सरस्वतीको र तेत्तीसकोटी देवीदेवताहरुको दर्शन गर्नु । त्यहाँबाट पूर्वतर्फ उकालो चढ्दै गुरु श्री गोरखनाथ बाबाको पादुका राखिएको शिलाको पादुकाको दर्शन गर्नु र भन्ज्याङमा चण्डी भगवतीको दर्शन सकेर पूर्वतिर उकालो चढ्दै उपल्लोकोट पुगेर भज्रभैरवको दर्शन गर्नु । यहाँबाट चारैतिरको मनोरम दृष्य हेर्न पाईन्छ । यसरी गोरखकाली दर्शन पुरा हुन्छ ।

जय गोरखकाली ! जय मनकामनामाई !
 



Nepali Music Click on flag
 


Nepali Music Home

 
फेरी भेटौंला 1413 visitorsधन्यवाद !

Please Don't forget to Signin Guestbook, Thanks

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free