|
|
|


निर्माण- राजु बज्गाई मसेल, गोरखा ।
Contact email:- gorkhalibaba@gmail.com
Copyright © Gorakhkali Darshan 2008. All rights reserved.
|
|
 |
गोरखा
गोरखा काठमाडै- पोखराको पृथ्वीराजमार्गमा पर्ने आँबु खैरेनीबाट 25 किलोमिटर उत्तर तर्फ पर्छ । यो बजार सानै भएतापनि निकै रमाईलो छ र ऐतिहासीक दृष्यले पनि महत्वपूर्ण छ । खान बस्नको लागि यहाँ गोरखा प्रिन्स,बिसउनि, गोरखा ईन जस्त केही रम्रा लजहरु छन् भने अरु थुप्प्रै लोकल लजहरु पि छन् जहाँ खानबस्नको राम्रो व्यवस्था छ । यस भन्दा बाहेक खाना खुवाउनको लागि अरु थुप्रै भोजनालयहरु पनि छन् ।
गोरखाको छोटो चर्चा
नेपाली इतिहासको केन्द्र मानिने गोरखा जिल्ला ऐतिहासीक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । यस बाहेक यहाँ शक्तिकी स्वरुप श्रीभवानी कालिका र शिव स्वरुप श्री गुरु गोरखनाथ बाबा विराजमान होईबक्सेको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रुपमा यस ठाउँको महत्वपुर्ण स्थान छ ।
यहाँ वि. सं. 1779 मा राष्ट्रनिर्माता श्री 5 वडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगनमाता भगवती कालिको मन्दीर र जगत्गुरु मानिने गुरु गोरखनाथको गुफग पनि छ । यहाँ हजारैं भक्तजनहरु दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन् । साथै प्रतेक अष्टमीका दीन वलि पुजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरुको आरध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाईन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अंकीत थियो । यसबाट थाहा हुन्छ कि उहाँहरु हाम्रो आरध्यदेव हुनुहुन्छ ।
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरीया पहाडहरु, हिमालदेखी कलकल गर्दै बग्ने नदिनालाहरु, सम्ममैदान र फाँटहरु, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँआउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाट थुप्रै पर्य़टकहरु यहाँ आउने गर्छन् । |
|
 |
|
|
|
|