Dharmawati Ghat
निमेल गाउँ

गोरखाजिल्लाको तिनवटै क्षत्रसंग जोडिएको र सात गा.बि.स.हरुसितजोडिएर रहेको मसेल गा.बि.स.को वडा नं- 1 अबस्थित निमेलफाँट उब्जनिको हिसाबले निकै महत्वपुर्णमानिन्छ। ब्रामण, क्षत्रि र मियाँहरुको बसोबास रहेको यो फांटको दांयातर्फताल खोला छ। त्यसतै बांयातर्फ मसेल खोला तथा अगाडी दंराउदी नदी छन्। जसको कारणले गर्दा यो फांटमा सधैं पानी भईनै रहन्छ। जसले गर्दा उक्त फांटमा बर्षको तिन खेति लगाईन्छ। सधैं हरीयो देखिने यो फांटको मनोरम दृश्यले जोकोहिको पनि मन छुन्छ। यस गाँउमा 20-22 घरहरु छन् ।धेरै जसो परीवार खेतिकिसानी गर्छन भने थोरै जसोको सानोतीनो ब्यापार ब्यवसाय पनि छ । पूर्ब पश्चिम ओहोर दोहोर गर्ने बाटो परेकाले ब्यपार ठिकै चलेको छ । गाँउका सबैजसो घरबाट बाहीरतिर काम गर्न गएका छन् । कोही नेपालमानै कार्यरत छन् भने केही बिभिन्न मुलुकमा कामको लागि गएका छन् । गाँउमा धेरै जसो पाको मानिसहरु र आईमाईकेटाकेटीहरु छन् । भर्खरभर्खर निमेलमा कच्चिसडक पुगेको छ । यो सडकमा केही मोटरहरु पनि चल्दछन जसबाट मसेल, ताकुकोट, पन्द्रुङ्ग आदि गा.बि.स. का मानिसहरुसमेत लाभान्बित भएकाछन् ।निमेल फाँटके दाहीनेतर्फ पर्ने जराड्ग अथवा तालखोला दराउदीमा मिसिएको दोभान निकैप्रसीद्द मानिन्छ । यो मुर्दा जलाउने घाट पनि हो, यस घाटलाई धर्मावती घाट भनेर पनि चिनीन्छ । यस घाटमा वर्षेनी तिहार पछी ठुलोएकादशीकओ साँझमा जात्रा लाग्ने गर्द छ । जात्रामा बिभिन्न ठाउँहरुबाट फूलको डोलीहरु ल्याईन्छ, रातभर माहादिपहरु जलाईन्छ, धेरै किसीमका नाचगानहरु तथा रमाईला क्रियाकलापहरु देख्न पाईन्छ । बिहानीको सबेरमा सयौ तिर्थालु हरु भेला हुन्छन,नदीमा स्नान गर्दछन, ग्रहदशा काटी योगीहरुलाई शिदादान गर्दछन, कन्याहरुलाई टीकाटाला गर्दछन । किंवदन्ति अनुसार यो दीनमा यहाँ स्नान गरि दानदक्षिणा गर्नाले पापहरु नस्ट भई मोक्ष प्राप्ती मिल्दछ, तसर्थ द्रब्य शाहकी आमा सत्यवतीले पनि मोक्षप्राप्तीकोलागि यहि स्थानमा ठुलोएकादशीको दीनमा स्नान गरेकी थिईन । यस्तै यो ठाँऊमा बैशाष सक्रान्तिकोदीन पनि श्रद्दालुहरुको ठुलो भिडलागने गर्दछ किनभने यस दीन यो ठाउँमा स्नान गरेर दानदक्षिणा गर्दा वर्षभरी दुखकष्ट पर्दैन भन्ने बिश्वास छ ।
जय गोरखकाली ! जय मनकामनामाई !
 



Nepali Music Click on flag
 


Nepali Music Home

 
फेरी भेटौंला 1421 visitorsधन्यवाद !

Please Don't forget to Signin Guestbook, Thanks

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free